खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली « Khabarhub

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा १३ घर जलेका छन् । आगलागीबाट ११ परिवारको विचल्ली भएको छ ।

बुधबार दिउँसो स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खाली तीनवटासहित १३ घर, ७ वटा मतान, २ वटा गोठ, १ वटा बाख्राको खोर र एउटा भान्सा घर जलेका हुन् ।

डढेलोले बराहपोखरीको भिरगाउँका मोहनलाल थापा मगरका दुईवटा घर र मतान, पूर्णबहादुर मगरको एउटा घर र तीनवटा मतान, भद्रसिं हमगरको घर र दुई वटा गोठ जलेका छन् ।

त्यस्तै सुवास थापा मगरको घर र मतान र मदन थापा मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए ।

डढेलोले दान्सिङटारका गंगामाया मगरका दुईवटा घर र दुईवटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन तथा नगद ५० हजार लगायत जलेको छ ।

वडाध्यक्ष ढकबहादुर कार्कीले खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर पनि जलेको बताएका छन् । डढेलोले डाँडाखर्कका होमबहादुर कटुवाल र पदमबहादुर कटवालको खाली घर पनि जलेको छ । खोर्सानेका छकुमार राईको घरसमेत जलेको छ ।

प्रहरीका अनुसार स्थानीय रक्तमाला सामुदायिक वनमा लागेको डढेलेले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्राको खोर जलेको छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ३ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया