एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ « Khabarhub

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको छ । 

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रक्रिया पूरा नभएको भन्दै दरपीठ गरिएको सर्वोच्च अदालतका रजिष्ट्रारले जनाएका छन् । 

नेकपा एमालेको सदस्य नै नरहेको अवस्थामा परिवार दलका अध्यक्ष ढकाल एमालेको सांसद बनेको भन्दै उनको पद खारेजीका लागि उत्प्रेषण परामादेश माग गर्दै गौतमले रिट दायर गरेकी थिइन् । 

यो प्रकरणमा अदालतको असाधारण अधिकारक्षेत्र अन्तरगत आउँदा निवेदकको कुन हक अधिकार के कसरी हनन हुन गएको हो प्रष्ट खुलाउनुपर्नेमा निवेदनमा सो कुरा उल्लेख नभएको भन्दै अदालतले रिट निवेदन दरपीठ गरिदिएको हो ।

निवेदनमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४० (२)  को घ तथा नियम ४१ समेतको प्रक्रिया पूरा नभएको अदालतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनले सम्बन्धित दलको सदस्य नरहेको व्यक्तिलाई उक्त दलको सांसदका रुपमा रहने सक्ने परिकल्पना गरेको छैन । तर, एमालेबाट सांसद चुनिएका ढकाल भने दोहोरो राजनीतिक भूमिकामा छन् ।

ढकालको दोहोरो राजनीतिक भूमिकाबारे खबरहबमा समाचार प्रकाशित भएपछि यो विषय अदालतसम्म पुगेको हो ।

यो पनि-

संविधानले नचिन्ने एमालेका एक अनाथ

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : ०१ बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो