एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ « Khabarhub

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको छ । 

अधिवक्ता मनिषा गौतमले दायर गरेको रिटमा असाधारण अधिकारक्षेत्र अन्तर्गत प्रक्रिया पूरा नभएको भन्दै दरपीठ गरिएको सर्वोच्च अदालतका रजिष्ट्रारले जनाएका छन् । 

नेकपा एमालेको सदस्य नै नरहेको अवस्थामा परिवार दलका अध्यक्ष ढकाल एमालेको सांसद बनेको भन्दै उनको पद खारेजीका लागि उत्प्रेषण परामादेश माग गर्दै गौतमले रिट दायर गरेकी थिइन् । 

यो प्रकरणमा अदालतको असाधारण अधिकारक्षेत्र अन्तरगत आउँदा निवेदकको कुन हक अधिकार के कसरी हनन हुन गएको हो प्रष्ट खुलाउनुपर्नेमा निवेदनमा सो कुरा उल्लेख नभएको भन्दै अदालतले रिट निवेदन दरपीठ गरिदिएको हो ।

निवेदनमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४० (२)  को घ तथा नियम ४१ समेतको प्रक्रिया पूरा नभएको अदालतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनले सम्बन्धित दलको सदस्य नरहेको व्यक्तिलाई उक्त दलको सांसदका रुपमा रहने सक्ने परिकल्पना गरेको छैन । तर, एमालेबाट सांसद चुनिएका ढकाल भने दोहोरो राजनीतिक भूमिकामा छन् ।

ढकालको दोहोरो राजनीतिक भूमिकाबारे खबरहबमा समाचार प्रकाशित भएपछि यो विषय अदालतसम्म पुगेको हो ।

यो पनि-

संविधानले नचिन्ने एमालेका एक अनाथ

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका