फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला « Khabarhub

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा देखिने भएका हुन् । उनी निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘भाइरल गोर्खे’मा अनुबन्ध भएका हुन् । 

धमला र निर्माण पक्षबीच बिहीबार लिखित सम्झौता भएको हो । उनी यस फिल्मको शीर्षमध्ये एक भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । 

यो धमलाको अभिनय रहने दोस्रो फिल्म हो । यसअघि उनले फिल्म ‘हाउ फन्नी’मा अभिनय गरेका थिए । श्रीमती एलिजा गौतम नायिका रहेको फिल्म ‘अनुराग’ निर्माणपछि उनको यो पहिलो फिल्म हो । 

यो फिल्म कमेडी जनरामा बन्ने बताइएको छ । निर्माण पक्षकाअनुसार ‘सामाजिक सञ्जालमा भाइरल बन्न जे सुकै गर्न पछि नहट्ने व्यक्ति’को कथामा फिल्म बन्न लागेको यसअघि नै जनाएको छ । 

लम्जुङमा मंगलबारदेखि फिल्मको छायांकन जारी छ । निर्देशक श्रेष्ठले  ‘छड्के २’मा निर्देशन गरेका थिए । 

एक महिनामा फिल्मको छायांकन सकाउने निर्माण पक्षको योजना छ । गोरखा र चितवनमा पनि छायांकन गर्ने बताइएको छ । 

फिल्ममा नायक सौगात मल्ल, नायिका सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : १० बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति

इरानमा बढ्दो महँगीविरुद्ध प्रदर्शन, तीन जनाको मृत्यु

इरान – इरानमा बढ्दो महँगीविरुद्ध जारी विरोध प्रदर्शन रोकिएको छैन।