वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण  « Khabarhub

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

गाउँपालिका तथा वडाले स्थानीय बैंक सँग समन्वय गरेर वडाबाटै जेष्ठ नागरिकहरूको सहजताको लागि प्रत्येक वडामा घुम्ती शिविर कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८ वडामा वैशाख ७ गतेदेखि भत्ता वितरण गर्न सुरु गरेको वैतेश्वर गाउँपालिकाले जनाएको छ।

पालिकाले गत शुक्रबार वडा नम्बर-८ बाट सुरु गरेको भत्ता वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको जनाएको छ। गाउँपालिकाले वडामै सुरक्षाकर्मी, बैंक कर्मचारी तथा पालिकाको कर्मचारीहरूको उपस्थितिमा चालु वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

बिहीबार पालिकाको वडा नम्बर-३ मिर्गे वडा कार्यालयमा भत्ता वितरण गरिएको वडा नम्बर-३ का वडा अध्यक्ष कमल अधिकारीले जानकारी दिए। बिहीबार वडा नम्बर-३ का दुई सय ६२ जना जेष्ठ नागरिक, दलित बालबालिका, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता वितरण गरिएको थियो ।

कुल ४ सय ६८ जना लाभग्राही रहेको मिर्गे धेरैजसो काठमाडौं रहेकाले गाउँमा रहेका दुई सय ६२ जनालाई मात्र भत्ता वितरण गरिएको थियो।सहरमा रहेका दुई सय ६ जना लाभग्राहीले भने बैंकबाट सिधै भत्ता बुझ्न सक्ने वडा सचिव अमृत तामाङले बताए।

वैतेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिब ३१ सय ५० जना लाभग्राही रहेका छन्। पालिकाले शुक्रवार वडा नम्बर-२ र आइतबार वडा नम्बर-१ मा पनि घुम्ती शिविर कार्यक्रम मार्फत नै भत्ता वितरण गर्ने भएको छ ।आइतबारसम्म सबै वडाको भत्ता वितरण कार्य सम्पन्न गर्ने जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : १९ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा