वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण  « Khabarhub

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

गाउँपालिका तथा वडाले स्थानीय बैंक सँग समन्वय गरेर वडाबाटै जेष्ठ नागरिकहरूको सहजताको लागि प्रत्येक वडामा घुम्ती शिविर कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८ वडामा वैशाख ७ गतेदेखि भत्ता वितरण गर्न सुरु गरेको वैतेश्वर गाउँपालिकाले जनाएको छ।

पालिकाले गत शुक्रबार वडा नम्बर-८ बाट सुरु गरेको भत्ता वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको जनाएको छ। गाउँपालिकाले वडामै सुरक्षाकर्मी, बैंक कर्मचारी तथा पालिकाको कर्मचारीहरूको उपस्थितिमा चालु वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

बिहीबार पालिकाको वडा नम्बर-३ मिर्गे वडा कार्यालयमा भत्ता वितरण गरिएको वडा नम्बर-३ का वडा अध्यक्ष कमल अधिकारीले जानकारी दिए। बिहीबार वडा नम्बर-३ का दुई सय ६२ जना जेष्ठ नागरिक, दलित बालबालिका, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता वितरण गरिएको थियो ।

कुल ४ सय ६८ जना लाभग्राही रहेको मिर्गे धेरैजसो काठमाडौं रहेकाले गाउँमा रहेका दुई सय ६२ जनालाई मात्र भत्ता वितरण गरिएको थियो।सहरमा रहेका दुई सय ६ जना लाभग्राहीले भने बैंकबाट सिधै भत्ता बुझ्न सक्ने वडा सचिव अमृत तामाङले बताए।

वैतेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिब ३१ सय ५० जना लाभग्राही रहेका छन्। पालिकाले शुक्रवार वडा नम्बर-२ र आइतबार वडा नम्बर-१ मा पनि घुम्ती शिविर कार्यक्रम मार्फत नै भत्ता वितरण गर्ने भएको छ ।आइतबारसम्म सबै वडाको भत्ता वितरण कार्य सम्पन्न गर्ने जनाएको छ।

सुबास बस्नेत

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : १९ बजे

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई