टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने ! « Khabarhub

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ । जापानमा प्रदर्शनको अधिकार पाएको ‘लाइफ अफ फ्रेन्ड गुप्र’का खिम राज शाहका अनुसार टोकियोमा मे २६ बाट फिल्म प्रदर्शनमा आउनेछ । 

टोकियोका दर्शक भने पल शाहसँगै बसेर फिल्म हेर्न पाउने भएका छन् । शाहका अनुसार मे २६ मा त्यहाँस्थित नाकानो जेरो हलमा हुने शोमा पल सहभागी हुने कार्यक्रम पक्का भएको छ । 

शाहका अनुसार टोकियोसहित जापानका प्रमुख दुई दर्जन सहरमा चलचित्र एक साथ प्रदर्शनमा आउँदै छ । बाँकी केही स्थानमा प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने तयारी रहेको शाहले बताए । 

मल्टिस्टार फिल्म ‘पुजार सार्की’ नेपालमा जेठ १० बाट प्रदर्शनमा आउँदै छ । तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह यस फिल्मको मुख्य भूमिका छन् । 

यस फिल्ममा नायिकाद्वय परीक्षा लिम्बू र अञ्जना बराइली पनि मुख्य भूमिकामा रहेका छन् । वर्षकै प्रतीक्षित फिल्मका रुपमा ‘पुजार सार्की’ले चर्चा बटुलेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ४ : ४५ बजे

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक