मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी « Khabarhub

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी


१३ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी गरेको छ । निर्वाचन आयोगले अप्रिल २९ गते बिहान ११ बजेसम्म दुवै दलसँग जवाफ मागेको हो ।

भाजपा र कांग्रेस दुबै पार्टीले एकअर्काका नेताहरूविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए र उनीहरूलाई धर्म, जात, सम्प्रदाय र भाषाको नाममा जनतामा घृणा फैलाउने र पृथकतावादलाई बढावा दिएको आरोप लगाएका थिए ।

आयोगले जनप्रतिनिधित्व ऐनको दफा ७७ को अधिकार प्रयोग गर्दै स्टार प्रचारकको आचरणमा पार्टी अध्यक्षलाई जिम्मेवार ठहर गर्दै दुवै दलका अध्यक्षलाई नोटिस जारी गरेको छ ।

प्रधानमन्त्री मोदीले केही दिन अघि राजस्थानको एक र्‍यालीमा भनेका कांग्रेस सत्तामा आयो भने अल्पसंख्याकहरुलाई जनताको सम्पत्ति बाँड्ने बताएका थिए । यस मामिलामा कांग्रेसले निर्वाचन आयोगलाई मोदीको बयान विभाजनकारी र द्वेषपूर्ण र यो आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको अपील गरेको थियो । 

भाजपाले अप्रिल २२ मा कांग्रेस नेता राहुल गान्धीविरुद्ध निर्वाचन आयोगमा उजुरी पनि दायर गरेको थियो । भाजपाले गान्धीले देशमा गरिबी बढाउने झूटा वाचा गरिरहेको बताएको थियो । भाजपाले राहुल गान्धीले भाषा र क्षेत्रका आधारमा देशमा विभाजन र चुनावी वातावरण बिगार्ने प्रयास गरेको आरोप लगाएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया