मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति « Khabarhub

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल) वीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।

आगामी मे १ गते अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर दुई दलबीच एकता गरिने विहीबार वैद्य र नेपालीले संयुक्त वक्तव्यमार्फत जानकारी दिएका छन् ।

 माओवादी नेता प्रचण्डका राजनीतिक गुरुसमेत मानिने मोहन वैद्यले प्रचण्डसँग अलग भएर माओवादी पार्टी पुनर्गठन गरेका थिए । तर, उनको समूहमा रहेका रामबहादुर थापा बादल प्रचण्ड समूहमै फर्किएका थिए  नेत्रविक्रम चन्द विप्लव अर्कै दल खोलेर हिंसात्मक सङ्घर्षमा होमिएका थिए । वैद्यले भने माओवादीको नाम फेरेर ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ चलाउँदै आएका छन् ।

त्यसो त विप्लव समूहमा समेत फुट आएसकेको छ । धर्मेन्द्र बास्तोला लगायतका लगायतका नेताहरूले विप्लवको साथ छाडेर नेकपा (बहुमत) खोलेका छन् ।

उता मोहन वैद्यसँग एकता गर्न तयार रहेका अर्घाखाँचीका सन्तबहादुर नेपाली यसअघि मोहनविक्रम सिंह, चित्रबहादुर केसीहरूले नेतृत्व गरेको नेकपा (मसाल) मा आवद्ध थिए । सादगी नेताका रुपमा चिनिने नेपालीले केसी र सिंहलाई छाडेर विद्रोह गरी नेकपा (मशाल) पुनर्गठन गरेका थिए ।

माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी समूहहरुवीच एकता हुने बारम्बार चर्चा गरिरहे पनि मोहन वैद्य प्रचण्डसँग मिल्न तयार देखिएका छैनन् । डा. बाबुराम भट्टराई पनि प्रचण्डसँग टाढिएका छन् । विप्लवले पनि प्रचण्डसँग पार्टी एकता गर्न चाहेको देखिँदैन । यहीबेला मोहन वैद्यले पूर्वमसाल समूहसँग एकताको घोषणा गरेका हुन् । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ३४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई