सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय | Khabarhub Khabarhub

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी देशभरका बिभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि  सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्  । बैठकमा लगानी सम्मेनलका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरि सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन् ।

उनले लगानी सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको समेत जानकारी दिइन् । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ३९ बजे

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

ढोरपाटन – जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप

धरानका संस्थापक ‘सुब्बा रत्नप्रसाद’ का नाति विक्रमप्रसाद बने बीपी प्रतिष्ठानका उपकुलपति

सुनसरी– अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको

ओलीको टिप्पणी : रास्वपाका पछि लागेको भीड देखेर दया लाग्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पछि

रमपम चाउचाउ बनाउने एसियन थाई फुड्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं– रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स लिमिटेडले सर्वसाधारणको लागि

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष 

काठमाडौं– सार्वजनिक शौचालय भन्ने  बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने