सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय « Khabarhub

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी देशभरका बिभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि  सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्  । बैठकमा लगानी सम्मेनलका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरि सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन् ।

उनले लगानी सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको समेत जानकारी दिइन् । 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ३९ बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत