भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन  | Khabarhub Khabarhub

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए।

उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व संकलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो ।

‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने।

पुँजीगत खर्च घट्यो
भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा रु ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पुँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ ।

भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पुँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।  चालुतर्फ  ६३ दशमलव ०२ प्रतिशत खर्च भएको  नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले  जानकारी दिए ।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ ।

गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  २ : १४ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ