भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन  « Khabarhub

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व संकलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताए।

उनका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व संकलन गरेको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन गरेको हो ।

‘राजस्व संकलनको प्रकृति हेर्दा नगरपालिकाले राखेको राजस्व संकलनको लक्ष्य सहजै भेट्न सकिन्छ,’ सूचना अधिकारी पोख्रेलले भने।

पुँजीगत खर्च घट्यो
भद्रपुर नगरपालिकाले चालु आवको १० महिनामा रु ५१ करोड ७० लाख ५४ हजार छ सय ६९ खर्च गरेको छ । नगरपालिकाको कुल बजेटको ५२ दशमलव ६३ प्रतिशत खर्च गर्दा पुँजीगतको तुलनामा चालुतर्फ बढी खर्च भएको छ ।

भद्रपुर नगरपालिकाको चालु आवको १० महिनामा पुँजीगत तर्फ ३७ दशमलव ६४ प्रतिशत खर्च भएको छ ।  चालुतर्फ  ६३ दशमलव ०२ प्रतिशत खर्च भएको  नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले  जानकारी दिए ।

भद्रपुर नगरपालिकाको चालु आवको बजेट संशोधनसहित ९८ करोड २३ लाख ४६ हजार रहेको छ । चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा समग्रमा खर्च प्रतिशत दुई दशमलव ११ प्रतिशतले बढे पनि पुँजीगततर्फ एक प्रतिशतले खर्च घटेको नगरपालिकाले जनाएको छ ।

गत आवको सोही अवधिमा खर्च प्रतिशत ५० दशमलव ५२ रहेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  २ : १४ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००