सत्तापक्ष र प्रतिपक्ष राखेर सहमतिको प्रयासमा प्रधानमन्त्री  « Khabarhub

सत्तापक्ष र प्रतिपक्ष राखेर सहमतिको प्रयासमा प्रधानमन्त्री 


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठकमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षी दुबैसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक कानून मन्त्रालयमा बसेको थियो तर सहमति हुन नसकेपछि प्रधानमन्त्रीले कांग्रेस र सत्ता पक्षका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरिरहेको कानून मन्त्री पदम गिरीले बताए ।

‘संसदीय छानबिन समितिको कार्यादेश टीओआर टुङ्गो लगाउन प्रधानमन्त्रीले पहल गर्छु भन्नु भएको छ’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई भने, ‘प्रधानमन्त्रीले बोलाउनु भयो र हामी आएका छौँ ।

कार्यदलको बैठकमा सहकारी र कम्पनीको नाम उल्लेख गरौँ, तर गृहमन्त्री रवि लामिछाने व्यक्तिमा नजाऔँ भन्ने सत्ता पक्षको अडान थियो ।

तर कांग्रेसले भने व्यक्तिमा नगएपनि रविको नाम जोडिएर चार सहकारीको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ ।

यसका सहमति नजुटेपछि शीर्ष नेताहरूबिच छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्रीले पहल गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्रीसँगको बैठकमा कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल पिन सहिभाग छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता कृष्ण सिटौला सहभागी छन् ।

यस्तै सत्ता पक्षबाट एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ,सांसद विष्णु पौडेल सहभागी छन् ।  यस्तै, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे  सहभागी छन् ।

बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छैनन् । देउवालाई सन्चो नभएको बताइएको छ भने ओलीले पौडेल र महासेठलगायतलाई पठाएका छन् ।

कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : ३० बजे

नेपालकै पहिलो महिला एम्प्युटी फुटबल टिम (तस्बिरहरू)

काठमाडौं– निर्मला फाउन्डेसनद्वारा नेपालमा महिला सशक्तीकरणका लागि एम्प्युटी फुटबलको माध्यमबाट

एमाले महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश : देशको अवस्था बुझेर नेतृत्व चयन गर्नुस्

काठमाडौं– पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को