आजका समाचार : मन्त्रीलाई बालेनको धुलो उपहार, कार्यदलको बैठक निष्कर्षविहीन | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रीलाई बालेनको धुलो उपहार, कार्यदलको बैठक निष्कर्षविहीन


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18.5k
Shares
  • change font
  • change font
  • change font

कार्यदल बैठकमा सहमति जुटेन, नेताहरू बालुवाटारतिर
सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमतिबिनै टुङ्गिएको छ ।


बैठक बिना निष्कर्ष टुङ्गिएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सीधै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन्‌ । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका हुन्‌ ।

कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष राखेर सहमतिको प्रयासमा प्रधानमन्त्री

कांग्रेस भन्छ – सहमति गर्ने या नगर्ने सरकारको हातमा छ

कार्यदलको बैठक सुरु, सहमति जुट्ने सम्भावना कति?

रास्वपा भन्छ- ‘बजेट प्रक्रियाबाट आउँछ, सहमति जुट्छ’

कार्यदलमा आइतबारसम्म सहमति जुट्छ : मन्त्री गिरी

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन् । उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए ।‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे।

‘२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्’, उनले भने, ‘आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।’

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो ‘उपहार’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । उनले शनिबार महासेठलाई एक ट्रक धुलो उपहार पठाएका हुन् ।

बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् ।

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द

धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै

शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

किमाथाङ्कासहित चीनसँगका अधिकांश नाका पुनः सञ्चालनमा
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् ।

कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् ।

कोभिड–१९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो ।

पर्वतको विहादी दूध र तरकारीमा आत्मनिर्भर

थाम्बुचेत–काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा

ढोरपाटनमा राजस्व सङ्कलन वृद्धि

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा

बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु

अन्तराष्ट्रिय…

भारतमा लोकसभा चुनाव
भारतमा भइरहेको १८औं लोकसभा चुनावमा हालसम्म ५० करोड ७२ लख ९७ हजार २८८ जनाले मतदान गरेका छन् ।

त्यहाँको चुनाव आयोगले चुनावको पाँचौं चरणसम्म कूल मतदाताको ६२.२० प्रतिशत मतदान भएको जानकारी दिएको हो ।


अप्रिल १ देखि शुरु भएको मतदान सात चरणमा सम्पन्न हुनेछ । पहिलो चरणको मतदान १९ अप्रिल र पाँचौं चरणको मतदान २० मे मा भएको थियो । निर्वाचन नतिजा ४ जुनमा सार्वजनिक गर्ने चुनाव आयोगले जनाएको छ ।

निर्यात बढाउन चिनियाँ विज्ञता खोज्दै पाकिस्तानी प्रधानमन्त्री

इजरायललाई आइसीजेको फैसला पालना गर्न अष्ट्रेलियाको आग्रह

आक्रमण रोक्न अदालतले दिएको आदेशपछि इजरायलद्वारा रफाहमा आक्रमण

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको प्रतिक्रिया कस्तो छ ?

माल्दिभ्सलाई चीनको पानी उपहार

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ७ : ५८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

१४ सय २० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

काभ्रे– काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २०

जंगली च्याउ खाँदा पाँच जना बिरामी

तनहुँ– तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्

अस्थिर पाकिस्तानको ओरालो क्रिकेट यात्रा

इमरान खान नेतृत्वको पाकिस्तान संसारका लागि एउटा आकर्षण थियो। इन्जमाम

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले