समुद्री मार्गबाट १० हजार बढी आप्रवासी बेलायत पुगे « Khabarhub

समुद्री मार्गबाट १० हजार बढी आप्रवासी बेलायत पुगे


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – सन् २०२४ मा १० हजारभन्दा बढी अनियमित आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।

कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले संसदीय निर्वाचनको क्रममा सीमामा अवैध बाटोबाट आवतजावत रोक्ने वाचा गरेका थिए ।

सरकारी अधिकारीका अनुसार शुक्रबार २८८ जना आप्रवासी शरणार्थीहरूले पाँचवटा डुङ्गामा अवैध बाटोबाट बेलायत छिरेका थिए ।

बेलायत आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भूभागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ । यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो ।

सन् २०२४ को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो । सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गर्नुभएको छ । आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ ।

मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उहाँको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ । लेबरले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।

शनिबार जारी गरिएको ‘युगोभ पोल’ले केयर स्टार्मरको नेतृत्वमा रहेको टोरी समूहमा २२ अङ्कको अग्रता दिएको छ । युगोभ एक विश्वव्यापी जनमत सर्भेक्षण र तथ्याङ्क विश्लेषण गर्ने ख्यातिप्राप्त कम्पनी हो ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ८ : ५४ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।