अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो « Khabarhub

अफगानिस्तान : जसले न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेश जस्ता बलिया टोलीलाई ढाल्यो


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईसीसी टी–ट्वान्टी विश्वकप अन्तरगत बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

आईसीसी ट्रफी इभेन्टमा पहिलो पटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका लागि यो उपलब्धि कयौं कोणबाट अहम् र ऐतिहासिक मानिन्छ ।

अफगानिस्तानले जारी प्रतियोगिताको सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । उसले न्युजिल्यान्ड र अस्ट्रेलियाजस्ता बलिया टोलीलाई पराजित गरेर आफ्ना शुभचिन्तकहरुलाई खुशी बनाएको थियो ।

त्यसपछि मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
टी–ट्वान्टी विश्वकपबाट ५० ओभरको च्याम्पियन राष्ट्र अस्ट्रेलिया सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

उसलाई भारतले सोमबार राति २४ रनले हराएको थियो । मंगलबार बिहानको खेलमा अफगानिस्तानले टस जितेर बंगलादेशलाई बलिङका लागि आमन्त्रण गरेको थियो ।

यद्यपि, अफगानिस्तानको टिम २० ओभरमा ५ विकेट गुमाउँदै मात्र ११५ रनमा समेटिन पुगेको थियो । बंगलादेशका तर्फबाट सबैभन्दा बढी रिशाद हुसेन अफगानिस्तानका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काउन सफल भएका थिए ।

वर्षाका कारण म्याचमा अवरोध उत्पन्न भएको थियो । जसका कारण बंगलादेशी टिमलाई डकवर्थ लुइस नियमको आधारमा १९ ओभरमा ११४ रनको टार्गेट दिइएको थियो । तर, अफगानिस्तानी टिमको धारिलो बलिङका अगाडि बंगालादेशी टिम १०५ रनमा समेटिन पुग्यो ।

अफगानिस्तानका लागि नवीन उल हक र राशिद खानले समान चार–चार विकेट लिए । यद्यपि, बंगलादेशका लागि ५४ रनको शानदार पारी खेलेका लिटन दासले टिमलाई हारबाट बचाउन सकेनन् ।

आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनल बुधबार र दोस्रो सेमिफाइनल बिहीबार हुने छ । पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका तथा दोस्रो सेमिफाइनलमा भारत र इग्ल्यान्डबीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुने छ ।

असार १५ अर्थात आगामी शनिबार वेष्टइन्डिजको ब्रिजटाउनमा आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल प्रतिष्पर्धा हुनेछ ।

कप्तान राशिदले के भने ?

बंगलादेशसँगको खेलमा विजयी भएपछि अफगानिस्तानका कप्तान राशिद खानले विश्वकपको सेमिफाइनल आफ्ना लागि सपना जस्तो भएको प्रतिक्रिया दिए ।

‘हाम्रो टिका लागि सेमिफाइनलमा पुग्नु सपना जस्तो हो । प्रतियोगिताको सुरुवात भएसँगै सपना देख्न सुरु गरेका थियौँ,’ उनले भने, ‘हामीले न्युजिल्यान्डलाई हरायौँ, हामीमा आत्मविश्वास बढ्यो । मसँग बयान गर्नका लागि शब्द नै छैन ।’

राशिदले टिमका लागि सबै खेलाडीले शानदार प्रदर्शन गरेको र जीतका लागि अफगानिस्तानको तीब्र बलिङ महत्वपूर्ण सावित भएको पनि बताए ।

‘सबैले शानदार खेल प्रदर्शन गरेका छन् । हाम्रो तीब्र बलिङ महत्वपूर्ण साबित भयो, उनले भने, ‘सेमिफाइनलमा पुग्नु नै ठूलो कुरा हो । देशलाई हामी प्रति गर्व छ ।’

प्लेयर अफ द म्याच बनेका तीब्र बलर नवीन उल हकले आजको दिनका लागि कडा मेहनत गरिएको प्रतिक्रिया दिए ।

‘हामीले केही वर्षबाट कडा मेहनत गरिरहेका थियौँ,’ उनले भने, ‘हामी आजको दिनका लागि सपना देखिरहेका थियौँ, र काम पनि गरिरहेका थियौँ ।’

बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले अफगानिस्तानसँगको खेलमा आफ्नो टिमको बलिङ पंक्ति राम्रो भए पनि ब्याटिङमा लिइएको गलत निर्णयले पराजय व्यहोर्नु परेको बताए ।

उनले भने, ‘मलाई लाग्छ कि हामीले राम्रै बलिङ गरेका छौँ । ब्याटिङमा हामीले केही गलत निर्णय लियौँ, विशेष गरी बीचको ओभरमा ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ६ : ३७ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना