बेनी–जोमसोम सडकको बैसरी भीरमा पहिरो रोकथाम गरिँदै « Khabarhub

बेनी–जोमसोम सडकको बैसरी भीरमा पहिरो रोकथाम गरिँदै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो ।

रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिँदैछ । पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताए ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।

बैसरीलगायतका ठाउँको पहिरोले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : ०८ बजे

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र