भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने | Khabarhub Khabarhub

भारतले लक्षद्वीपमा सैन्य विमानस्थल बनाउने


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले लक्षद्वीप टापुमा सैन्य विमानस्थल निर्माण गर्ने भएको छ । हिन्द महासागरमा चिनियाँ गतिविधि बढ्दै जाँदा सरकारले लक्षद्वीपमा नयाँ विमानस्थल निर्माण गर्न स्वीकृति प्रदान गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केन्द्र सरकारको उच्चस्तरीय बैठकले लक्षद्वीपमा सैन्य विमानस्थल निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसअघि सैन्य मामिला विभागले लक्षद्वीपमा रहेको मिनिकोइ टापुमा नयाँ विमानस्थल निर्माण गर्ने र अगाट्टी टापुमा रहेको विमानस्थल विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

नागरिक जहाजले पनि उडान र अवतरण गर्न सक्नेगरी ती विमानस्थल बनाइने एएनआईले जनाएको छ ।

चिनियाँ नौसेनाले पाकिस्तानी नौसेनासँग मिलेर हिन्द महासागरमा आफ्ना गतिविधि बढाइरहेका बेला भारतले लक्षद्वीपमा विमानस्थल निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ९ : २८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका