सेनाले बन्धक बनाएका पाँच जनाको शव इजरायल फर्काइयो « Khabarhub

सेनाले बन्धक बनाएका पाँच जनाको शव इजरायल फर्काइयो


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली सेनाले बिहीबार दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।

सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये काट्ज, ओरेन गोल्डिन, तोमर अहिमासकिरिल ब्रोडस्कीको शव इजरायललाई फिर्ता गरिएको जनाएको छ ।

गाजापट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ।

डिसेम्बरमा सेनाले गोरेनको मृत्यु भएको घोषणा गरेको थियो । उनलाई अक्टोबर ७ मा अपहरण गरी गाजा लगिएको थियो ।

दुई इजरायली किबुत्ज, निर ओज र निर यित्ज्याकको फरक फरक बयानमा सेनाले गोरेनगोल्डिनको शव बरामद गरिएको बताएपछि बिहीबार उक्त घोषणा आएको हो । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १२ : ५३ बजे

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली