गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै « Khabarhub

गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् । 

 साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार सात सय ८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। 

गत वर्षको तुलनामा यसपटक रोपाइँ गरेको क्षेत्रफल बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण काम गर्ने जनशक्ति अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्रयाक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेको उनले बताए ।  

गत वर्ष यस अवधिसम्ममा ७० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको थियो । समयमा पानी परेका कारण किसानले यस पटक छोटो अवधिमा धेरै खेतमा धान रोप्ने अवसर पाएका प्रमुख भण्डारी बताउँछन् । जिल्लाको कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये यसवर्ष ९० प्रतिशत खेतमा मात्र रोपाइँ हुनसक्ने उनको भनाइ छ ।   

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष समयमा वर्षा सुरु भएसँगै किसान रोपाइँमा व्यस्त भएका हुन् । यस पटक धान रोप्न  आकाशे पानीको भर पर्नुपरेन । समयमै पानी परेपछि सिँचाइको समस्या नभएको प्रमुख भण्डारीले बताए । 

जिल्लामा बडिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट धान उत्पादनका पकेट क्षेत्र हुन् । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिन्छ भने अन्य सबैमा बर्खे धान लगाउने गरिन्छ। 

मकैपछि दोस्रो प्रमुख बालीको रुपमा रहेको यस जिल्लामा गतवर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ४ : २५ बजे

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१