गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै « Khabarhub

गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् । 

 साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार सात सय ८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। 

गत वर्षको तुलनामा यसपटक रोपाइँ गरेको क्षेत्रफल बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ । रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण काम गर्ने जनशक्ति अभाव, बढ्दो बसाइसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्रयाक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेको उनले बताए ।  

गत वर्ष यस अवधिसम्ममा ७० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको थियो । समयमा पानी परेका कारण किसानले यस पटक छोटो अवधिमा धेरै खेतमा धान रोप्ने अवसर पाएका प्रमुख भण्डारी बताउँछन् । जिल्लाको कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये यसवर्ष ९० प्रतिशत खेतमा मात्र रोपाइँ हुनसक्ने उनको भनाइ छ ।   

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष समयमा वर्षा सुरु भएसँगै किसान रोपाइँमा व्यस्त भएका हुन् । यस पटक धान रोप्न  आकाशे पानीको भर पर्नुपरेन । समयमै पानी परेपछि सिँचाइको समस्या नभएको प्रमुख भण्डारीले बताए । 

जिल्लामा बडिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट धान उत्पादनका पकेट क्षेत्र हुन् । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिन्छ भने अन्य सबैमा बर्खे धान लगाउने गरिन्छ। 

मकैपछि दोस्रो प्रमुख बालीको रुपमा रहेको यस जिल्लामा गतवर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ४ : २५ बजे

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन

एकताको प्रयास असफल भयो, विभाजनको समीक्षा इतिहासले गर्नेछ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई

अब सेन्सरका नाममा फिल्ममा चल्ने छैन कैँची, बोर्डले ल्यायो वर्गीकरणको व्यवस्था

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र सेन्सरका