पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–८ बन्देउ र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् ।

उनले जिरो किलो मेलम्ची सडक खण्ड पूर्णरुपमा बन्द रहेकोले उक्त स्थानमा प्रहरी टोली, स्थानीय निकाय र सडक विभागको समन्वयमा सडक खुलाउने पहल भइरहेको बताए ।

वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उनको भनाइ छ ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ४६ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न