जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान सुरु « Khabarhub

जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान सुरु


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु गरेको छ ।

चार महिनासम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत आज काठमाडौंमा बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिँदैछ ।

जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा यही भदौ १५ गते कार्यक्रम हुनेछ ।

यस्तै, रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

यस्तै, भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका लागि तथा नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्तालाई अभिमुखीकरणमा सहभागी गराइने छ ।

गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ०४ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा