प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई « Khabarhub

प्राधिकरणको बक्यौताबारे प्रचण्ड र शक्ति बस्नेतलाई स्पष्टीकरण सोधौँ : योगेश भट्टराई


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल चलिरहेका बेला उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बोल्दै नेता भट्टराईले प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने बताएका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवाद विगत ९ वर्षदेखि जारी छ । उक्त विवाद समाधानका लागि अघिल्लो प्रतिनिधि सभाको अवधिमा सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरेको थियो ।

त्यसबेला उक्त समितिका संयोजक नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल थिए । समितिले दिएको प्रतिवेदन पनि प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेको भट्टराईले बताए । प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने १६ अर्ब रुपैयाँ मिनाहा दिने निर्णय गरेको दाबी पनि भट्टराईको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ३८ बजे

बलात्कारपछि हत्या प्रकरण : ट्यूसन पढ्न हिँडेकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को