उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी | Khabarhub Khabarhub

उखु किसानको पैसा दसैँ अगाडि नै उपलब्ध हुन्छ : कृषिमन्त्री अधिकारी


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दसैँ अगावै उखु किसानहरूको रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका छन् ।

मन्त्रालयमा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उनले उखु किसानको समस्याका बारेमा आफू जानकार रहेको भन्दै दसैँ अगावै रकम उपलब्ध गराउन गृहकार्य सुरु गरिएको बताएका हुन् ।

मन्त्री अधिकारीले १ अर्ब ३० करोड रुपैयाँ उखु किसानलाई उपलब्ध गराउन बाँकी रहेको पनि बताए । स्थानीय उत्पादन नलिने तथा बाहिरबाट उखु र उखुजन्य वस्तु खरिदलाई निरुत्साहित गर्ने गरी काम अघि बढाइएको पनि दाबी गरे ।

दुग्ध विकास संस्थान, कृषि सामग्री कम्पनी, कपास विकास समिति, कृषि अनुसन्धान परिषद्का साथै मन्त्रालयको सांगठनिक संरचनाका लागि काम गरिने अधिकारीको भनाइ थियो ।

उनले रासायनिक मल खरिद प्रक्रियालाई छिटो–छरितो बनाउनुको साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा समेत आवश्यक गृहकार्य सुरु गरिएको बताए ।

‘स्थानीय तहमा रासायनिक मलको वितरण, अभाव र आवश्यकताको जानकारी तथा समन्वयका लागि मन्त्रालयले १६६००१७७७७९ नम्बरको कलसेन्टर शुरु गरेका छौँ,’ मन्त्री अधिकारीले भने, ‘रासायनिक मल खरिद प्रक्रिया छोटो हुने गरी खरिद ऐन संशोधनको गृहकार्य थालेका छौँ ।’

उनले कृषि अनुदानमा व्यापक दुरुपयोग भएको गुनासो आएको भन्दै मन्त्रालयले तत्काल अनुदान लिनेहरूको नाम सार्वजनिक गरिने दोहोर्‍याए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : १२ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको