विकासमा बाधक बनेका अव्यवहारिक कानुन संशोधनमा उपप्रधानमन्त्री सिंहको जोड  « Khabarhub

विकासमा बाधक बनेका अव्यवहारिक कानुन संशोधनमा उपप्रधानमन्त्री सिंहको जोड 


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उनले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताए ।  त्यस्तै उनले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था हटाउनुपर्नेमा पनि जोड दिए।

‘जलवायु परिवर्तनको कारण वातावरणमा ठूलो प्रभाव पारेको छ, यसलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ‘ देशको विकास निर्माणका क्रममा वातावरण मुल्यांकनले ढिलासुस्ती भयो भने हामीले धेरै मुल्य चुकाउनुपर्ने हुन्छ । विकास निर्माणमा भइरहेको ढिलाइ कसरी समाधान गर्ने त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ । ’

उपप्रधानमन्त्री सिंहले वातावरणीय अध्ययन मूल्याङ्कमा हुने ढिलासुस्तीले आयोजना महँगो हुँदै गएको भन्दै जनशक्ति थप गरेर भए पनि काम समयमै सक्नुपर्ने बताए । ‘समस्या मात्र देखाउनुभन्दा समाधान दिनतर्फ सबै विकाससँग सम्बन्धित मन्त्रालय लाग्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेकाले लक्ष्य प्राप्तिका लागि हुने वन र जग्गाप्राप्तीको समस्यालाई सम्बोधनमा लाग्नुपर्ने आवश्यक रहेको बताए  ।

त्यस्तै,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वन ऐन र राष्ट्रिय निकुञ्ज ऐनको कतिपय प्रावधानलाई सच्याएर अगाडि बढाउनुपर्ने बताए ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विकाससँग जोडिएका मन्त्रालयका समस्या समाधानमा वन तथा वातावरण मन्त्रालय सकारात्मक रहेको भन्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न वन जोगाउनुपर्ने अवस्था सिर्जना भए पनि विकासको काम पनि सँगै अगाडि बढाउनुपर्ने उल्लेख गरे  ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुलुकको निर्माणका लागि वाधक बनेका ऐन, कानूनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ६ : ३४ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा