दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी « Khabarhub

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन्ः कृषिमन्त्री अधिकारी


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।

बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उनले प्रतिबद्धता जनाए । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।

विषादीमुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उनले बताए। कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला अनुदान लैजानेको नाम सार्वजनिक गरिने उनले सुनाए ।

“व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने छ, वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने छ, स्थानीय तहमा पशु अस्पताल बनाइने छ, साना किसानलाई मन्त्रालयसम्म आउने वातावरण तयार पार्ने मन्त्रालयको योजना छ”, मन्त्री अधिकारीले भने ।

मध्यपहाडी जिल्लामा रैथाने बाली संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने, कृषिसँग सरोकार भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, वन तथा वातावरण, ऊर्जा तथा सिँचाइ, अर्थलगायत मन्त्रालयसँग समन्वय गरेर कृषि क्षेत्रको विकासमा काम गर्नेमा उनले प्रतिबद्धता व्यक्त गरे ।

हाल ३० लाख हेक्टर खेती योग्य जमिनमा मात्र खेती भएको उल्लेख गर्दै मन्त्री अधिकारीले बाँकी १० हेक्टर जमिनमा पनि खेती गराउने गरी नीति निर्माण गरिने योजना सुनाए ।

धान, चामल आयातलाई घटाउन उत्पादन वृद्धि गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् तरकारीमा थप आत्मनिर्भर बनाउने, दुग्ध विकास संस्थानको पुनःसंरचना गर्ने कार्यक्रमलाई पनि रहेको उनले जानकारी दिए ।

रासायनिक मलमा अनुदान, उखु किसानलाई भुक्तानी र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ७ : ३९ बजे

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु