एएफसी महिला च्याम्पियनसिप : एपीएफ उज्वेकस्तानको नसाफसँग पराजित « Khabarhub

एएफसी महिला च्याम्पियनसिप : एपीएफ उज्वेकस्तानको नसाफसँग पराजित


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपीएफ क्लब पराजित भएके छ । आइतबार साँझ भएको खेलमा एपीएफ उज्वेकिस्तानको पिएफसी नसाफसँग १–० ले पराजित भएको हो ।

मलेसियाको लिक्सा स्टेडियममा भएको खेलमा पिएफसी नसाफले ४९ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि लिलीले गोल गरिन् ।

पहिलो हाफमा बराबरीमा सकिएपनि एपिएफ दोस्रो हाफको सुरुवातमा नै चुक्यो । एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ । एपिएफ नेपालको महिला लिग च्याम्पियनको हैसियतमा प्रतियोगिताका लागि छनोट भएको हो ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिगको आयोजना गरेको हो । लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ ।

सन् २०२४ को फिफा वरियताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबहरुले सिधै समुह चरणमा स्थान बनाएका छन्। अन्य १४ क्लबले भने प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ८ : २९ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि