धरानमा एक वर्षमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ « Khabarhub

धरानमा एक वर्षमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔषध कारोबारमा सङ्लग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक भीमराज राईले चालु आव २०८१/८२ को साउन महिनामा मात्रै १० वटा मुद्दामा १६ पुरुष र एक महिलालाई पक्राउ गरिएको जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमध्ये अधिकांश युवापुस्ता रहेका उनले बताए । गत आवमा आफ्नो कार्यालयमा लागुऔषधका एक सय दुई मुद्दा दर्ता भएका राईले बताए ।

आर्थिक वर्ष २०७८/८९ मा ५५ मुद्दा दर्ता भई ७९ पुरुष र चार महिला पक्राउ परेका थिए भने आव २०७७/७८ मा ५७ मुद्दा दर्ता भएकामा ७९ पुरुष र चार महिना पक्राउ परेका थिए । पछिल्लो चार वर्षको तथ्याङ्क तुलना गर्दा लागुऔषध कारोबार गर्ने सङ्ख्या निरन्तर बढिरहेको छ । यीमध्ये लागुऔषधको प्रयोग र कारोबारमा ज्याला मजदुरी गर्ने, बेरोजगार युवाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

उमेर समूहका आधारमा १८ देखि ३५ वर्ष उमेरका युवाको सङ्ख्या बढी रहेको छ । अघिल्ला दुई आर्थिक वर्षमा यो समूहका ४६ जनालाई पक्राउ गरिएको थियो भने १७ वर्षभन्दा कम उमेरका ३२ जना पक्राउ परेका थिए ।

धरान उपमहानगरपालिकाले हरेक शुक्रबार लागुऔषध विरुद्ध सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । उपमहानगर प्रमुख हर्कराज राईले घर र विद्यालय तहबाटै सचेतना जगाउनु आवश्यक रहेको र हरेक अभिभावकले आफ्ना परिवारका सदस्यको निगरानी गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : २४ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान