दूलर्भ वन्यजन्तु कालो सालकको उद्धार « Khabarhub

दूलर्भ वन्यजन्तु कालो सालकको उद्धार


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिका–१ स्थित मानवबस्ती नजिकै घाइते अवस्थामा दुलर्भ वन्यजन्तु कालो सालकको उद्धार गरेको जनाएको छ ।

शनिबार स्थानीयले त्रिभुवन त्रिशूली माविको पर्खाल आडमा देखेको कालो सालकको उद्धार र उपचार पश्चात सुरक्षित स्थानमा छाडिएको डिभिजनल वन प्रमुख रोशना पोखरेलले जानकारी दिए ।

उनका अनुसार वयस्क हुने क्रममा रहेको सालक आँखा छेउमा सामान्य चोट लागेको अवस्थामा रहेकाले उपचार पश्चात प्राकृतिक हावापानीले उपयुक्त स्थान (जंगल)मा छाडिएको हो ।

“लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो सालक मानव वस्ती नजिकै कसरी आइपुग्यो भन्नेमा अध्ययन तथा जाँचबुझ गर्दैछौँ”, डिभिजनल वन प्रमुख पोखरेलले भने, “हुर्किएको बच्चा (वयस्क हुने क्रममा रहेको) एकवटा मात्र सालक देखा परेकाले अन्य पनि हुनसक्ने आशङ्कामा उक्त क्षेत्र आसपासमा निगरानी बढाएका छौं ।”

विभिन्न आठ प्रजातिका सालक हुने भएपनि विशेषगरी नेपालमा भने कालो र तामे प्रजातिका मात्र पाइने गरेका छन् । लोपोन्मुख वन्यजन्तुमा पर्ने कालो जातको सालक निकै दूर्लभ भएकाले संरक्षणका लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले रातोसूची (संकटग्रस्त प्रजाति)मा राखेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १० : २८ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी