देशभर बदली हुने, केही स्थानमा ठूलो वर्षाको सम्भावना | Khabarhub Khabarhub

देशभर बदली हुने, केही स्थानमा ठूलो वर्षाको सम्भावना


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुने अनुमान छ ।

आगामी २४ घण्टामा देशका विभिन्न भागमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : २१ बजे

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

तनहुँ– उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ

काठमाडौं– सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नयाँ ल्यापटप किन्दा कस्तो छान्ने ?

काठमाडौं- अहिले ल्यापटप तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै भइसकेको छ