परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता   | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता  


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छिन् ।

यसैक्रममा उनले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् । 

उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको मित्रता, पारम्पारिक सम्मान र समझदारीमा आधारित सम्बन्धका साथ अघि बढेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको बताइन् । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको जनाइएको छ ।

त्यसैगरी उनीहरुबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भेटका क्रममा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि मन्त्री राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री राणा र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालो

यस्तै, मन्त्री राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिकमानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छिन् । भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ५५ बजे

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौं – विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५