सरकारसँग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू « Khabarhub

सरकारसँग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले बुधबार सिंहदरबार कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाउदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो ।

राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत यस आर्थिक वर्षको विनियोजित बजेटबाट मात्रै भएकाले अव यस वर्ष हुने थप निर्माण कार्यको समेत भुक्तानीमा समस्या हुन सक्नेतर्फ महासङ्घले सचेत गराएको छ ।

महासंघको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले धेरै अप्ठ्यारा चुनौतीहरूको सामना गर्नुपरेको भन्दै सरकारले समाधान गर्ने प्रतिवद्धता  जनाए । निर्माण व्यवसायीलाई सहज वातावरण बनाउन आवश्यक परे ऐन नीतिहरूमा समेत परिमार्जन गर्ने उनको भनाइ छ ।

महासंघका अध्यक्ष रवि सिंहले विभिन्न आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिव ४५ अर्ब रुपैयाँ पुगेको जानकारी दिए समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकिएको उनले बताए । उनले जतिसुकै भुक्तानी बाँकी भएपनि असार मसान्तमा पाउने गरेपनि यसपटक भुक्तानी नै आउन नसकेको धारणा राखे ।

महासंघले सरकारले योजनाको प्राथमिकीरण गनुपर्ने र कम प्राथमिकतामा परेका योजनाहरूलाई खारेज गर्न सुझाव दिएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : ०९ बजे

एमाले महाधिवेशन : सल्लाघारीमा उद्घाटन कार्यक्रमको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– यही मंसिर २७ देखि २९ गतेसम्म हुन लागेको नेकपा

कवाडी संकलन केन्द्रमा काठमाडौं महानगरको डोजर

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौंको रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका

अफगानिस्तानद्वारा शरणार्थी सहायता संस्थाहरूसँगको सम्झौतामा हस्ताक्षर

काबुल- अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र

देउवासँग मंसिर १९ को भेटबारे ओली : परिणामहरू बिस्तारै आउने छन्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते