‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’ « Khabarhub

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता संघसंगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 

जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो समस्याको तत्काल छानबिन माग गरिएको छ । 

यस्तै शेयर बजारमा सुझबुझ ढंगले कारोबार गर्न पनि लगानीकर्ता संघगठनले अनुरोध गरेका छन् । ‘पूँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्नको लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ, ‘आम लगानीकर्ताहरू कसैको लहैलहैमा नलागी सुझबुझ ढङ्गबाट कारोबार गर्न र पुँजीबजार सुधारको लागि एकजुट भएर अगाडि बढ्नको लागि समेत अनुरोध गर्दछौँ ।’

‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासाहरू राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : २० बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि