घर जानेबेला वकिलहरूको विरोध खेप्दै प्रधानन्यायाधीश श्रेष्ठ (तस्बिरहरू) « Khabarhub

घर जानेबेला वकिलहरूको विरोध खेप्दै प्रधानन्यायाधीश श्रेष्ठ (तस्बिरहरू)


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल बार एसोशियसनको विरोध खेप्नु परेको छ।

श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि वकिलहरू कालो ब्यानर नै बनाएर विरोधमा उत्रिएका हुन् ।

आगामी असोज २० गते अवकाशमा जान लागेका प्रधानन्याधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले आन्दोलन थालेको हो ।

एक वर्षदेखि विरोध गर्दै आएको गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न मागसहित बारले देशभरका इकाइमा आन्दोलन गरेको हो ।

यसअघि बुधबार बार अध्यक्ष गोपालकृष्ण घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि उनकै आह्वानमा वकिलहरू सम्बन्धित इकाइ परिसरमा कालो ब्यानरसहित विरोधमा उत्रिएका हुन् ।

घिमिरेले अन्यायमा पर्न लागेको न्यायपालिका बचाउन सबै कानुन व्यवसायीहरूलाई आ–आफ्नो बार इकाइबाट विरोधमा उत्रिनसमेत भनेका थिए ।

वकिलहरूले न्याय परिषद्को नियमावलीमा गरिएका गैरसंवैधानिक र गैरन्यायिक संशोधनहरू तत्काल खारेज गर्न माग गरेका छन् । त्यसैगरि अदालतमा व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने अर्को माग छ ।

तेस्रो मागमा उनीहरूले स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरि राष्ट्रिय फौजदारी कार्यविधि संहिता, २०७४ नम्बर १५५ मा भएको संशोधनलाई खारेज गरी अघिल्लो व्यवस्था लागू गरिनुपर्ने र मुद्दा दोहोरिएमा जरिवाना तिरेपछि मात्रै निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर्नुपर्ने माग पनि उनीहरूको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : २७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा