तस्बिर : एपी

अन्तर्राष्ट्रिय

चीनले गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

By खबरहब

September 25, 2024

काठमाडौं– चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो ।

चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ । चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।