बार अध्यक्ष घिमिरेको आरोप : घर जानेबेला प्रधानन्यायाधीशले हिसाब मिलाउन खोजे « Khabarhub

बार अध्यक्ष घिमिरेको आरोप : घर जानेबेला प्रधानन्यायाधीशले हिसाब मिलाउन खोजे


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घर जान लागेका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ ।

बुधबार बार परिसर रामशाहपथमा विरोध सभा गर्दै नेपाल बारले गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको छ ।

पटक पटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायधीश श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारले विरोध सुरु गरेको हो ।

न्यायाधीशहरूको वरीयतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले प्रधानन्यायाधीश श्रेष्ठलाई भनेको छ।

बारले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने पनि माग राखेको छ ।

विरोधसभालाई सम्बोधनका क्रममा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले घर जान लागेका प्रधानन्यायधीले हिसाब किताब मिलाउन खोजेको आरोप लगाए ।

उनले हिसाब किताब मिलाउनैका लागि असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीशले लागि छिटोछिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका उनले गरेका छन् ।

नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर बस्न नसक्ने स्पष्ट पारे ।

नेपाल बारले न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरि न्यायिक स्वच्छता कायम गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : २९ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।