समाचार

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

By खबरहब

September 25, 2024

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताएका हुन् ।

यस्तै उनले विगतमा गरिएका कामको समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न आह्वान गरे । योजनाको समीक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै उनले समिक्षाबाटै निकास खोज्न आह्वान गरे । उनले चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए ।