अन्तर्राष्ट्रिय

पाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ बनायो : एमक्यूएम प्रमुख

By खबरहब

September 25, 2024

काठमाडौं – पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम)का प्रमुख अल्ताफ हुसैनले पाकिस्तानी संस्थापनले मुलुकलाई‘अधिनस्थ भूभाग’ मा परिणत गरेको आरोप लगाएका छन् ।

हाल बेलायतको राजधानी लण्डनमा निर्वासित जीवनबिताइरहेका हुसैनले सेनाको आडमा संस्थापनले मुलुकलाईअधिनस्थ भूभागमा परिणत गरेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत् अभिव्यक्ति दिँदै उनले सेनालेमुलुकमा औपचारिक रुपमा घोषणा नगरी फौजी कानुन लागूगरेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्थाएएनआईका अनुसार एमक्यूएमले सेनाको बलमा संस्थापनले२५ करोड पाकिस्तानीलाई दास बनाएको आरोप समेतलगाएको छ ।

उनले प्रधानमन्त्री शहबाज शरिफजस्ता राजनीतिक नेतालाईप्रयोग गरेर संस्थापनले मुलुकका राजनीतिक, प्रशासनिक रआर्थिक प्रणालीमा असंवैधानिक र गैरकानुनी नियन्त्रणजमाएको उल्लेख गरे । विश्वका शक्ति केन्द्रसँग मिलेरपाकिस्तानी संस्थापनले मुलुकलाई ‘अधिनस्थ भूभाग’ मापरिणत गरेको उनको आरोप छ ।