वीरगञ्ज भन्सारबाट नयाँ सवारी आयात घट्यो | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारबाट नयाँ सवारी आयात घट्यो


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार नाका हुँदै आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको  छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दुवैको आयातमा पनि कमी देखिएको छ ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्य पर्ने दुई सय १५ वटा जिप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जिप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले  घटेको देखिन्छ । सोही अवधि राजस्व सङ्कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए ।‘’व्यवसायीले  जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उनले भने,‘ ‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुँदै आइरहेको छ ।’

गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्य पर्ने  छ सय ३४ वटा जिप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जिप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ ।

चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाका हुँदै नौ करोड ७७ लाख ९० हजार मूल्य पर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन्  ।

उनी भन्छन्, ‘इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुँदै भित्रिन्छन् ।’

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ । सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकि गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्य पर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनाको अवधिमा रु सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकि गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ । गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।  जबकि गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकि गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्य पर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ०३ बजे

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ

काठमाडौं– सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक

दैनिक जीवनसँग जोड्ने प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई

पाटन– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग

बाढीपीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा राहत वितरण 

काठमाडौं– सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिकाको  काभ्रेपलाञ्चोकमा

सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीको निर्देशन : कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउनू

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा