रवि प्रकरणमा सत्तारूढ दलको एकैस्वर : भिडले अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक « Khabarhub

रवि प्रकरणमा सत्तारूढ दलको एकैस्वर : भिडले अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ सात दलले राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्ला दिनमा गरिरहेको आन्दोलनप्रति गम्भी आपत्ति जनाएका छन् ।

शुक्रबार एक संयुक्त वक्तव्य जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसहितका सात दलले रास्वपा सभापति रवि लामिछाने पक्राउ परिसकेपछिको अवस्थालाई लिएर आपत्ति जनाएका हुन् ।

उनीहरूले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाहीको प्रक्रिया सुरु भएकाले त्यसलाई कसैले प्रभावित पार्न नहुने भनेका हुन् ।

‘निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चिताको लागि अनुसन्धान, अभियोजन र न्याय निरुपणको प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ’, सात दलले भनेका छन्, ‘तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजन प्रक्रिया नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् ।’

उनीहरूले पोखरा र काठमाडौंसहितका जिल्लामा भिड जम्मा गरेर अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने काम भइरहेको पनि जनाएका छन् ।

‘भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो’, सात दलले भनेका छन्, ‘यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ । सहकारी सम्बन्धी संसदीय छानबिन समितिका सवै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ ।’

सहकारी ठगीमा रवि पक्राउ परेपछि रास्वपाले पोखरा र काठमाडौंमा आन्दोलन गरिरहेको छ । उसले रविलाई प्रतिशोधस्वरुप फसाइएको जनाउँदै सरकारविरूद्ध देशब्यापी आन्दोलनको पनि आह्वान गरिरहेको छ । पक्राउ परेका रविविरुद्ध कास्की अदालतले दुई पटक म्याद दिइसकेको छ ।

वक्तव्यमा  प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : २३ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक