जातीय र धार्मिक सद्भावविरुद्ध भड्किलो अभिव्यक्ति दिने मंगोल नेता पक्राउ « Khabarhub

जातीय र धार्मिक सद्भावविरुद्ध भड्किलो अभिव्यक्ति दिने मंगोल नेता पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सन्जालमार्फत खासगरी क्षत्री-बाहुन र हिन्दु धर्मावलम्बीविरुद्ध आपत्तिजनक र भड्किलो धार्मिक अभिव्यक्ति दिँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङको हलेसीतुवाचुङ नगरपालिका-८ निवासी ४२ वर्षीय नयन्द्रकुमार चाम्लिङ राईलाई पक्राउ गरेको हो ।

मंगोल नेशनल अर्गजनाइजेशनका नेता उनलाई इलाका प्रहरी कार्यालय धरानको समन्वयमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले मंगोल नेशनल अर्गनाइजेशनको नेता बताउँदै आएका राईले हिन्दु धर्म र क्षत्री-बाहुनहरूको विरोधमा आपत्तिजनक अभिव्यक्तिसहित भिडिओ हालेका थिए ।

ब्युरोको टोलीले सामाजिक सञ्जाल निगरानीका क्रममा राईले युट्युब र फेसबुकसहितमा प्लाटफर्ममा धार्मिक सहिष्णुता खलबलिने, घृणा र द्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भेट्टाएको थियो ।

उनले विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको भेटिएको अवस्थीले शुक्रबार जनाएका छन् ।

राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको उनले बताए । उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ३६ बजे

एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनीत (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्