श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि « Khabarhub

श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारको सय दिनमा वैदेशिक रोजगारको क्षेत्रलाई सहज र मर्यादित बनाउने काम भएको बताएका छन् ।

मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलब्धिहरूका विषयमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्दै सहज र मर्यादित बनाउने काम भएको बताए  ।

दुईपक्षीय श्रम सम्झौतालाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयमा द्विपक्षीय सम्झौता गर्न छुट्टै डेस्क स्थापना गरिएको, ओमानसँग पहिलो पटक द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरियासँग इपिएस सिष्टमलाई नवीकरण गर्न कार्यदलले काम गरेर अन्तिम चरणमा पुराएको र युरोपमा श्रम सम्झौता विस्तार गर्ने गरी काम भइरहेकोसमेत मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, वैदेशिक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचार खर्चका साथै राहत रकम दिने काम सुरु गरेको उल्लेख गरे  ।

कुनै पनि देशमा वैधानिक रूपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि वैधानिक बनाउनका लागि नियोगहरूमार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको उनले बताए । उनले भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको जिकिर गरे  ।

मन्त्रालयले सबै स्थानीय तहबाट एकीकृत रोजगार सेवा बनाउने तयारी भएको, सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोराछोरीको पनि बिमा गर्ने काम सुरु गरिएको जनाएको छ । त्यस्तै सबै प्रदेशमा व्यवसायीक सिप विकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए  ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ५१ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते