‘ह्रस्व दीर्घ’ : नेपाली र हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने | Khabarhub Khabarhub

‘ह्रस्व दीर्घ’ : नेपाली र हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगानाको लगानीमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । निर्माण पक्षले यसअघि नै कात्तिक ३० लाई प्रदर्शन मिति तोकेको थियो ।

विदेशको राइट्स बिक्री भएपछि निर्माण पक्षले फिल्म प्रदर्शनबारे जानकारी थप जानकारी दिएको हो । नीताले विदेशमा भने मंसिर ७ बाट दुवै भाषामा प्रदर्शन हुने नीताले जानकारी दिइन् ।

दुवै भाषाको विदेशको प्रदर्शन अधिकार सेभेनसिज इन्टरटेन्मेन्टले किनेको हो । फिल्मलाई विदेशमा बक्सअफिस प्रदर्शन गर्ने तयारीमा रहेको सेभेनसिजका सञ्चालक विनोद पौडेलले बताए ।

त्यस्तै, भारतमा पनि नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्षको रहेको छ । नेपालमा प्रदर्शन भएको दुई महिनापछि मात्रै भारतमा प्रदर्शन हुने नायक हरिहर अधिकारी बताउँछन् ।

भारतीय कलाकारको अभिनय रहेका कारण भारतका वितरकहरुले फिल्मप्रति चासो देखाएको हरिहरको दाबी छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर र नीता ढुंगानासहित ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा हरिहर र प्रतिक पौडेलले लेखेका हुन् । पटकथा भने निर्देशक चन्द्र पन्त र हरिहर मिलेर लेखेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले