‘ह्रस्व दीर्घ’ : नेपाली र हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने « Khabarhub

‘ह्रस्व दीर्घ’ : नेपाली र हिन्दी भाषामा एकै दिन प्रदर्शन हुने


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका नीता ढुंगानाको लगानीमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । निर्माण पक्षले यसअघि नै कात्तिक ३० लाई प्रदर्शन मिति तोकेको थियो ।

विदेशको राइट्स बिक्री भएपछि निर्माण पक्षले फिल्म प्रदर्शनबारे जानकारी थप जानकारी दिएको हो । नीताले विदेशमा भने मंसिर ७ बाट दुवै भाषामा प्रदर्शन हुने नीताले जानकारी दिइन् ।

दुवै भाषाको विदेशको प्रदर्शन अधिकार सेभेनसिज इन्टरटेन्मेन्टले किनेको हो । फिल्मलाई विदेशमा बक्सअफिस प्रदर्शन गर्ने तयारीमा रहेको सेभेनसिजका सञ्चालक विनोद पौडेलले बताए ।

त्यस्तै, भारतमा पनि नेपाली, तेलगु र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्षको रहेको छ । नेपालमा प्रदर्शन भएको दुई महिनापछि मात्रै भारतमा प्रदर्शन हुने नायक हरिहर अधिकारी बताउँछन् ।

भारतीय कलाकारको अभिनय रहेका कारण भारतका वितरकहरुले फिल्मप्रति चासो देखाएको हरिहरको दाबी छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर र नीता ढुंगानासहित ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा हरिहर र प्रतिक पौडेलले लेखेका हुन् । पटकथा भने निर्देशक चन्द्र पन्त र हरिहर मिलेर लेखेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न