कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश « Khabarhub

कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

कालिकोट– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् ।

कर्णाली यात्राको चौथो दिन आज कालिकोट सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनतालाई परिवर्तनको सपना देखाएर कांग्रेस, एमाले र माओवादीले धोका दिएको बताएका छन् । उनले भने, ‘जनतालाई परिवर्तनको सपना देखाइयो, तर देश पछिल्लो दुइ दशकमा गरिखान त टाढाको कुरा बस्नलायक समेत बनेन र लाखौं युवा सामान्य रोजगारका लागि विदेशी भूमिमा जान बाध्य बनाइयो ।’

ठूला दलका गलत नीति, सत्तालिप्सा, भ्रष्ट आचरणका कारण देश झन् झन् कमजोर बन्दै गएको उनको भनाइ छ । ‘जनता कसैको गोठमा बॅाधेको गाइवस्तु होइन, अब पनि जनताले विकल्प नखोज्ने हो भने हाम्रो देश अहिलेभन्दा झन् कमजोर र खोक्रो हुने निश्चित छ,’ उनले भने ‘राप्रपा अब जनताको भरपर्दो विकल्प हो र हामी विकल्प दिन सक्षम छौं।’

कालिकोट आमसभाका क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय सहित सम्पूर्ण जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको छ। उपाध्याय सहित जसपा नेपालका नेता, कार्यकर्ता र नवप्रवेशी पचासौं युवालाई अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् ।

अध्यक्ष लिङ्देन सहितका राप्रपाका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कार्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कार्तिक ७ गते सुर्खेतको बाबियाचौर, कार्तिक ८ गते दैलेखको दुल्लु हॅुदै आज कालिकोट पुगेको हो। यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरुमा साना ठूला दर्जनौं सभाहरु भइरहेका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ ।

कर्णाली यात्राका क्रममा कार्तिक १० गते जुम्लाको गोठिजिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् । अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : २९ बजे

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले