भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ « Khabarhub

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ना ७ ख ३४८१ नम्बरको गाडीमा दुई हजार एक सय चार थान सर्ट, ६३ थान साडी, एक बोरा जिरा र एक बोरा खुर्सानी भन्सार छलेर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा आज कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सवारी चालक मोरङको बेलबारी नगरपालिका–२ बस्ने ३५ वर्षीय विकास पोख्रेल र सहचालक रामेछापको मन्थली नगरपालिका–१४ बस्ने ३६ वर्षीय यामलाल घिसिङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

भन्सार छलीका सामग्रीसहित पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि भन्सार कार्यालय सानोगौचरणमा पठाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ०८ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक