अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक « Khabarhub

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ। आइतबार सिएनएनले प्रकाशित गरेको समाचार अनुसार मध्य सेप्टेम्बरमा इजरायली आक्रमणमा धेरै जनाको ज्यान गएका कारण हिजबुल्लाह युद्धविरामको नजिक पुगेको हो।

लेबनान आक्रमणमा तीन हजारको ज्यान गएको कारण स्वास्थ्य मन्त्रालयले युद्धविरामको दबाब बढाएको थियो।

पछिल्लो समय हिजबुल्लाह र इजरायल अमेरिकाले राखेको ६० दिने युद्धविरामको प्रस्ताव स्वीकार गर्न तयार भएका हुन्। सेप्टेम्बरको मध्य यता इजरायलले गरेको आक्रमणका कारण धेरै क्षति भएको महसुस हिजबुल्लाहले गरिसकेको छ। यसै समयमा इजरायलको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत धेरै मारिएका छन्।

अमेरिकी दूत आमोस हाउचेस्टेनले मध्यपूर्वको भ्रमणमा भएर युद्ध विरामको वातावरण तयार पारिएको जनाएका छन्। उनले नै अमेरिकामा रहेको इजरायली राजदूतलाई अहिले इजरायल गम्भीर नभए अमेरिका शान्ति वार्ताको बाटोबाट पछि हट्ने चेतावनी दिएका थिए।

शनिबार मात्र इजरायली आक्रमणमा कम्तीमा ८४ जनाको ज्यान जानुको साथै २१३ जना घाइते भएको जनाइएको छ। १६ सेप्टेम्बर यता भएका आक्रमणमा कम्तीमा ३०७२ जना मारिएको तथा १३ हजार ४२६ जना घाइते भएको जनाइएको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : १२ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा