अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक | Khabarhub Khabarhub

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ। आइतबार सिएनएनले प्रकाशित गरेको समाचार अनुसार मध्य सेप्टेम्बरमा इजरायली आक्रमणमा धेरै जनाको ज्यान गएका कारण हिजबुल्लाह युद्धविरामको नजिक पुगेको हो।

लेबनान आक्रमणमा तीन हजारको ज्यान गएको कारण स्वास्थ्य मन्त्रालयले युद्धविरामको दबाब बढाएको थियो।

पछिल्लो समय हिजबुल्लाह र इजरायल अमेरिकाले राखेको ६० दिने युद्धविरामको प्रस्ताव स्वीकार गर्न तयार भएका हुन्। सेप्टेम्बरको मध्य यता इजरायलले गरेको आक्रमणका कारण धेरै क्षति भएको महसुस हिजबुल्लाहले गरिसकेको छ। यसै समयमा इजरायलको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत धेरै मारिएका छन्।

अमेरिकी दूत आमोस हाउचेस्टेनले मध्यपूर्वको भ्रमणमा भएर युद्ध विरामको वातावरण तयार पारिएको जनाएका छन्। उनले नै अमेरिकामा रहेको इजरायली राजदूतलाई अहिले इजरायल गम्भीर नभए अमेरिका शान्ति वार्ताको बाटोबाट पछि हट्ने चेतावनी दिएका थिए।

शनिबार मात्र इजरायली आक्रमणमा कम्तीमा ८४ जनाको ज्यान जानुको साथै २१३ जना घाइते भएको जनाइएको छ। १६ सेप्टेम्बर यता भएका आक्रमणमा कम्तीमा ३०७२ जना मारिएको तथा १३ हजार ४२६ जना घाइते भएको जनाइएको छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : १२ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज