आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक | Khabarhub Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार अनारे प्रतिकेजी न्यूनतम ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालो अङ्गुर ३५०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ ।

यसै गरी केरा १५० रुपैयाँ दर्जन, नेपाली सुन्तला ८०, लोकल काँक्रो १२०, भारतीय मेवा ९० किवी र एभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा ८० र भारतीय ठूलो गोलभेँडा ९०, अदुवा १००, रातो आलु ६५ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ८०, कागती १४०, अकबरे खुर्सानी २५०, हरियो खुर्सानी ५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ९०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, लोकल घिउ सिमी १२० र राजमा घिउ सिमी १२० रुपैयाँ, पाकेको फर्सी ३०, तराई परवर ९०,  तोरीको साग ५०, रायोको साग ४० र जिरीको साग प्रतिकेजी ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय सुकेको प्याज ९५, हरियो प्याज १०० र पुदिना ६००, ब्रोकाउली १४०, चाइनिज सुकेको लसुन ३५०, हरियो लसुन १५०, लाम्चो भ्यान्टा ६० र हरियो धनियाँ २०० रुपैयाँ मूल्य निर्धारण भएको समितिले जनाएको छ ।

यस्तै, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ५१ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’