कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव « Khabarhub

कास्कीको अन्नपूर्णमा ‘हनी हन्टिङ’ महोत्सव


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभीरमा यस वर्ष पनि भीर मौरीको मह काढ्ने (हनी हन्टिङ) लाई महोत्सवका रूपमा गरिने भएको छ ।

अन्नपूर्ण गाउँपालिका प्रवर्द्धक रहेको हनी हन्टिङ महोत्सव यही मङ्सिर २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको लान्द्रुकको महभीरमा एक सय वर्षअघिदेखि परम्परागत रूपमा मह काढ्दै आइए पनि पछिल्लो समय पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव गर्दै आएको महोत्सव आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले बताए ।

लान्द्रुकस्थित मोदी खोलाको किनारस्थित कोटेसाङ भीरमा मौरीका घार रहेका छन् । भीरमा जोखिम मोलेर भिरौटेले काढेर ल्याएको प्राकृतिक मह स्वास्थ्यवर्द्धक समेत मानिन्छ ।

कोटेसाङ भीरमा ६० मौरी घार छन् । भिर मौरीको मह प्रतिलिटर तीन हजारमा बिक्री हुने गरेकाले स्थानीयको आम्दानी पनि राम्रो हुने अध्यक्ष गुरुङले बताए । मह काढेको अवलोकनका लागि आएका विदेशी पर्यटक भीर मह काढेको देखेर खुसी हुने र पर्यटकको बसाइँसमेत लम्बिएको स्थानीको भनाइ छ ।

लान्द्रुक मर्दी हिमाल आधार शिविर र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार हो । यहाँबाट पुन हिलसमेत जान सकिन्छ । पर्यटकीय स्थलमा आयोजना हुने महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षणसँगै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास गरिएको सोही वडाका वडाध्यक्ष भरतमान गुरुङले बताए ।

यसै गरी महोत्सवका अवसरमा साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । भलिबलको विजेताले ७० हजार, द्वितीयले ४० हजार र तृतीयले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल संयोजक महादेव गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ५२ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले