सन् २०२३ अक्टोबरदेखि एघार हजारबढी प्यालेस्टिनी हिरासतमा | Khabarhub Khabarhub

सन् २०२३ अक्टोबरदेखि एघार हजारबढी प्यालेस्टिनी हिरासतमा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्यांक र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८०० भन्दा बढी पुगेको छ, जसमा ४३५ जना महिला ७७५ बालबालिका र १३६ पत्रकारहरू रहेका छन् ।

बन्दी मामिला आयोग, प्यालेस्टिनी प्रिजनर्स क्लब, र प्रिजनर सपोर्ट एन्ड ह्युमन राइट्स एसोसिएसन (एडडमीर) ले संयुक्त विज्ञप्तिमा प्यालेस्टिनीमाथि इजरायली आक्रमण सुरु भएदेखि प्रशासनिक नजरबन्द आदेश दश हजार नाघेको जनाएका छन् ।  जसमा नवीकरण आदेशहरू केही बालबालिका तथा महिलाहरू विरुद्ध जारी गरिएको थियो ।

विज्ञप्ति का अनुसार अक्टोबर –७ देखि कम्तिमा ४५ कैदीहरू इजरायली जेलहरूमा शहीद भएका छन् । यसै गरी धेरै जना हिरासतमा शहीद भएकोहरुको इजरायली अधिकारीहरूले पहिचान गरेका छैनन् भने  दर्जनौँलाई मृत्युदण्ड दिइएको छ। 

आधिकारिक रूपमा मृतक घोषणा गरिएका ४३ जना शहीदको शव, अझै पनि इजरायली अधिकारीहरूले गुपचुप राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

बन्दीहरूमा आक्रमण सुरु भएदेखि नै उनीहरूको घर तथा सैन्य चौकीहरूमा पक्राउ परेका, दबाबमा आत्मसमर्पण गरेका र बन्धकको रूपमा राखिएका व्यक्तिहरू समावेश छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : ३९ बजे

एभरेस्ट महिला भलिबलः काठमाडौंले पोखरालाई हरायो

काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं

जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्चद्वारा मान्यता दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई

मधेश प्रदेश सभाका पाँचजना सांसद पदमुक्त

काठमाडौँ- मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्।

दूतावासले भन्योः पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो

काठमाडौं- पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन

जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गर्न समिति गठन

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ र