ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित « Khabarhub

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।

आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन् । 

सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन । दुवैको पूर्वनिर्धारित कार्यक्रम थियो । बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन् । 

आगामी मंसिर १७ वाट सुरूप हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : २० बजे

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य