ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित « Khabarhub

ओलीले बोलाएको बैठकमा देउवा र भट्टराई अनुपस्थित


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् ।

आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए तर देउवा र भट्टराई भने अनुपस्थित भएका छन् । 

सत्ताका प्रमुख सहयोगी देउवा धनुषा पुगेका छन भने भट्टराई गृह जिल्ला गोरखा गएकाले उनीहरु उपस्थित हुन नसकेका हुन । दुवैको पूर्वनिर्धारित कार्यक्रम थियो । बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत भने उपस्थित रहेका छन् । 

आगामी मंसिर १७ वाट सुरूप हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल भने सिंहदरबारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जारी छलफलमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदैछन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५